Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाँचथरका आठमध्ये छ पालिका प्रमुखमा कांग्रेस विजयी, एमाले र माओवादीलाई एक/एक पालिका

बिहीबार, मंसिर ८, २०७९
पाँचथर– पाँचथरका सबै पालिकाको स्थानीय निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । जिल्लाका ८ पालिका मध्ये ६ वटाको नेतृत्व कांग्रेसले पाएको छ भने एमाले र माओवादी केन्द्रले एक– एक पालिकाको अध्यक्ष जितेका छन् । फिदिम नगरपालिकाको मेयरमा कांग्रेसका मित्रप्रसाद काफ्ले विजयी भएका छन् । उपमेयरमा माओवादीका राधाकृष्ण न्यौपाने विजयी भएका छन् । यस्तै, फालेलुङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका विरबिक्रम थाम्सुहाङ र उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्रहाङ जवेगू विजयी भएका छन् । यसैगरी, याङवरक गाउँपालिकाको अध्यक्षमा एमालेका भीमबहादुर योङया र उपाध्यक्षमा पनि एमालेकै बाबा मेन्याङबो विजयी भएका छन् । हिलिहाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका समरबहादुर अधिकारी र उपाध्यक्षमा एमालेकी सुमित्रा सेढाईँ विजयी भएका छन् । अर्को गाउँपालिका कुम्मायकमा अध्यक्ष कांग्रेसका बमबहादुर लावती र उपाध्यक्षमा माओवादीका महेन्द्र खड्काले जित हात पारेका छन् । तुम्बेवा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बाबुराम खड्का र उपाध्यक्षमा माओवादी केन्द्रका खड्क सम्बाहाम्फे, मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिम र उपाध्यक्षमा कांग्रेसका सन्तकुमार शेर्मा तथा फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बृजहाङ आङदेम्बे र उपाध्यक्षमा माओवादी केन्द्रका ठाकुरसिं नेम्बाङ विजयी भएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:३३
प्रतिक्रिया दिनुहोस्