धरानमा स्वतन्त्र उम्मेदवार साङपाङले बढाए अग्रता, गठबन्धनभन्दा ५०० मतले अगाडि
विराटनगर– सुनसरीको धरान उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ५ सय बढी मतले अग्रता कायम गरेका छन् ।
चुनाव चिन्ह लौरोका साङपाङले गठबन्धनको उम्मेदवार काँग्रेसका किशोर राईभन्दा ५०० मतको अन्तरमा अग्रता लिएका हुन् । पछिल्लो मतपरिणाम अनुसार साङपाङले १०००१ मत ल्याउँदा काँग्रेसका राईले ९५००१ मत मात्रै ल्याएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा मेयर र उपमेयर जितेको एमाले भने तेस्रो स्थानमा छ । एमालेकी मञ्जु भण्डारी सुवेदीले ७६७८ मत ल्याएकी छन् ।
उपमेयरमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले १०८३२ मत ल्याएर अग्रता कायम राखेका छन् । एमालेका पदम इस्बो लिम्बुले ९७३६ मत ल्याएर पछ्याइरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०३
प्रतिक्रिया दिनुहोस्