सिरहाको कल्याणपुरमा एमालेले तोड्यो कांग्रेसको गढ, एमालेका रामपुकार विजयी
काठमाडौं सिरहाको कल्याणपुर नगरपालिकामा प्रमुखमा एमालेका रामपुकार साह तेली विजयी भएका छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका धर्मनाथ यादवलाई पराजित गरेका हुन् ।
विजयी भएका तेलीले पाँच हजार ८८३ मत पाएका छन् भने यादवले पाँच हजार ३५३ मत पाए । यस्तै उपप्रमुखमा पनि पाँच हजार ७३३ मत ल्याउँदै एमालेकै रेखाकुमारी यादव विजयी भएकी छन् ।
उनले प्रतिस्पर्धी कांग्रेसका धनेश्वरीदेवी मण्डललाई पराजित गरेकी हुन् । मण्डलले पाँच हजार ४७० मत र जसपाका मसुदा खातुनले चार हजार ५४५ मत पाएका छन् । यससँगै एमालेले यहाँको कांग्रेसको गढ तोडेको छ ।
यस्तै १२ वडा रहेको पालिकामा जसपा तीन, एमाले पाँच, कांग्रेस दुई, एकीकृत समाजवादी एक र जनमत पार्टी एक वडामा विजयी भएको छ । यसअघिको ०७४ को निर्वाचनमा नगरपालिका प्रमुखमा कांग्रेसका सूर्यनाथ मण्डल विजयी भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:३५
प्रतिक्रिया दिनुहोस्