बलात्कारीलाई कारबाहीको माग गर्दै माइतीघरमा पनि प्रदर्शन
काठमाडौँ– ब्युटि प्याजेन्टका आयोजकले किशोरीलाई यौन हिंसा गर्नेलाई कारवाही माग गर्दै माइतीघर मण्डलामा शुक्रबार प्रदर्शन गरिएको छ ।
प्रदर्शनका सहभागीले दोषीमाथि कारवाही गर्न माग गरेका छन् । उनीहरूले बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।
यौन हिंसामा परेकी किशोरीलाई न्याय दिलाउन सरकार र प्रधानमन्त्रीले विशेष पहल र अग्रसरता लिनुपर्ने माग गरेका छन् । मिस ग्लोबल नेपाल नामक ब्युटि प्याजेन्टका आयोजकले आफूलाई प्रलोभनमा पारेर पटक पटक बलात्कार र यौन हिंसा गरेको भिडियो एक किशोरीले सार्वजनिक गरेपछि दोषीलाई कारबाही गर्नुपर्ने चौतर्फी दबाब बढ्दै गएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:४६
प्रतिक्रिया दिनुहोस्