बाँकेको नरैनापुरमा अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी
बाँके– बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । जसपाका तर्फबाट अध्यक्षका उम्मेदवार इश्तियाक अहमद साह र उपाध्यक्षका उम्मेदवार जयन्तीदेवी श्रीवास्तव विजयी भएका हुन् ।
२०७४ को निर्वाचनमा पनि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेका साह र श्रीवास्तव पुनः दोहोरिएका हुन् । अध्यक्ष पदमा शाहले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामचन्द्र मौर्यलाई १३५२ मतको अन्तरले पराजित गरे ।
शाहले ५०३७ मत प्राप्त गरे, भने निकटतम प्रतिद्धन्द्धी मौर्यले ३६८५ मत ल्याए । तेस्रो भएकी नेकपा एमालेकी पदमा वती यादवनीले ३१२२ मत प्राप्त गरेकी छन् । यस्तै उपाध्यक्ष पदमा श्रीवास्तवले नेपाली कांग्रेसकी अतिकुन निसालाई २०७ मतको अन्तरले पराजित गरेकी छन् ।
श्रीवास्तवले ३८७९ मत प्राप्त गरिन्, भने कांग्रेसकी अतिकुनले ३६७२ मत ल्याएकी छन् । तेस्रो स्थानमा आएका नेकपा एमालेका पंचराम यादवले २८०४ मत ल्याएका छन् । ६ वटा वडा रहेको रैनापुर गाउँपालिकामा चार वटा वडा नेपाली कांग्रेसले जितेको छ भने दुई वटा वडा जसपाले जितेको छ ।
गाउँपालिकाको वडा नं.१ मा नेपाली कांग्रेसका इसाक जोलाह, वडा नं.२ मा जसपाका मसुद अहमद शाह, वडा नं.३ मा जसपाका अजयकुमार मिश्र, वडा नं.४ मा कांग्रेसका मनोजकुमार शर्मा, वडा नं.५ मा कांग्रेसका कृष्णचन्द्र मौर्य र वडा नं.६ मा पनि कांग्रेसकै प्रेमचन्द्र मौर्य निर्वाचित भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०४
प्रतिक्रिया दिनुहोस्