Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज जेठ ८ गते आइतबारका लागि विभिन्न मुलुकहरुको मुद्राको विनिमयदर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १२३ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै बिक्री दर १२४ रुपैयाँ ३८ पैसा रहेको छ । हिजो शनिबार पनि आजकै भाउ रहेको थियो । केही समय यता अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ । यसले मुलुकको विदेशी मुद्रा सञ्चिति घटाउने स्थिति देखिएको छ । रुस युक्रेन युद्धका कारण पनि अमेरिकी डलरको भाउमा चरम फेरबदल आएको देखिन्छ । यस्तैगरी युरो एकको खरिद दर १३१ रुपैयाँ १० पैसा र बिक्री दर १३१ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर ९ रुपैयाँ ७१ रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४४ पैसा रहेको छ । बिक्री दर ८७ रुपैयाँ ८६ पैसा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्