Nic Ad Nic Ad
Nic Ad Nic Ad

कृष्णपुरको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

शुक्रबार, मंसिर ९, २०७९

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

कृष्णपुरको प्रमुखमा कांग्रेसका उम्मेदवार हेमराज ओझा र उपप्रमुखमा द्रोपति राना विजयी भएका हुन् ।

प्रमुखमा निर्वाचित कांग्रेसका उम्मेदवार ओझाले १० हजार ३ सय ३४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २ सय मत प्राप्त गरेका छन् । कृष्णपुर नगरपालिकामा एमालेका उम्मेदवार लोकेन्द्र पन्तले ६ हजार ४ सय ७४ मत पाएका छन् ।

कृष्णपुरको उपप्रमुखमा विजयी कांग्रेसकी द्रोपति रानाले ९ हजार ६ सय ७५ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार रमिता राना बडायकले ७ हजार ३ सय १६ मत प्राप्त गरिन् ।

उपप्रमुखमा माओवादी केन्द्र तेस्रो बनेको थियो । माओवादी केन्द्रकी उपप्रमुख उम्मेदवार गीता मल्लले ६ हजार ८ सय ५१ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:३९
प्रतिक्रिया दिनुहोस्