Nic Ad Nic Ad
Nic Ad Nic Ad

कारबाहीमा कम्तीमा ३० आतंककारी मारिए

शुक्रबार, मंसिर ९, २०७९
बामः बुर्किनाफासोको उत्तरी क्षेत्रमा अवस्थित बाम प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि ३० जना आतंककारी मारिएका छन् । सो क्षेत्रमा आतंककारीहरुका बिरुद्धमा यहाँको सेनाले केही दिनयता देखि कारबाही सुरु गरेको थियो । शनिबार बिहान भएको सो कारबाहीमा परेर ३० जना आतंककारी मारिएका बुर्किनाफासोको सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यहाँ अवस्थित सैनिक क्याम्पमा ठूलो संख्याका हतियारधारीले हमला गरेका थिए । त्यसका विरुद्धमा गरिएको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हतियारधारी मारिएको बताइएको छ । त्यस क्रममा पाँच जना सैनिक पनि मारिएको सो विज्ञप्तिमा जनाइएको छ । साथै उक्त कारबाहीका क्रममा अरु १० जना सैनिक तथा आतंककारीहरु घाइते पनि भएका छन् । सो क्षेत्रमा खोजी तथा कारबाही जारी रहेको बताइएको छ । उक्त क्षेत्रमा आतंककारीहरुको खोजी कार्यलाई यहाँको सेनाले थप सशक्त बनाउने जनाएको छ । (रासस/सिन्ह्वा)
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:३९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार