Nic Ad Nic Ad
Nic Ad Nic Ad

छैटौँ पटक सिटीलाई प्रिमियर लिगको उपाधि

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि छैटौँ पटक जितेको छ ।

यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा सिटीले चौंथो पटक उपाधि जितेको हो ।

आइतबार राति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लालाई ३-२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो । खेलको ३७ औं मिनेटमा म्याटि क्यासले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६९ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दा एस्टन २-० ले अघि रह्यो । तर, इल्के गुन्डोगान चम्किएपछि सिटीले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ७६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई २-१ को स्थितिमा ल्याए । ७८ औं मिनेटमा रोड्रीले गोल गर्दा सिटीले खेल २-२ को बराबरीमा ल्यायो ।

त्यसपछि खेलको ८१ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-२ को जित दिलाए ।

जितसँगै सिटीले ३८ खेलमा ९३ अंक जोड्यो । सिटीले दोस्रो स्थानको लिभरपुललाई १ अंकले पछि पार्दै उपाधि जितेको हो ।

लिभरपुलले ९२ अंक जोडेको थियो भने एस्टन ४५ अंक जोडेर १४ औं स्थानमा रह्यो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:१४
प्रतिक्रिया दिनुहोस्