यी हुन् रक्सीको ह्याङ ओभर हटाउने उपाय
ह्याङ ओभर मदिरा सेवन गर्ने अधिकांशको समस्या बन्ने गर्दछ । थोरै पिउने योजनाका साथ शुरु भएको मदिरा पिउने कार्यक्रम पिउँदा पिउँदै धेरै पिउने र अर्को दिन ह्याङ ओभर हुने गर्दछ ।
यसले उसको शरीरसहित काम पनि प्रभावित हुन्छ । यस्तोमा मदिराको ह्याङ ओभरबाट कसरी मुक्ति पाउने त ?
– मदिरा पिएर ह्याङ ओभर भए छिनछिनमा पानी पिउने ।
– उपलब्ध भए नरिवलको पानी पिउँदा राम्रो हुन्छ ।
– काँचो अदुवा खाँदा पनि ह्याङओभर हट्न सक्छ ।
– मदिराले शरीरमा ग्लुकोजको मात्रामा कमी गराउँछ त्यसैले गोलभेँडाको जुस खानु पर्छ ।
– ह्याङ भएको बेला केरा खानु पनि लाभदायक हुन्छ ।
– कुरीलोले पनि शरीरको अल्कोहल घटाउँछ ।
– सम्भव भए कुरीलोको अचार खाँदा राम्रो हुन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०२
प्रतिक्रिया दिनुहोस्