आफ्नो भूमि त्यागेर युद्धविरामका लागि नझुक्ने युक्रेनको अडान
काठमाडौँ– रुससँग युद्ध गरिरहेको युक्रेनले आफ्नो भूभाग त्यागेर कुनै युद्धविराम सम्झौता नगर्ने कडा अडान राखेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जारी युद्ध कुटनीतिबाट मात्र सुल्झाउन सकिने अभिव्यक्ति दिएको एक दिनपछि युक्रेनले यस्तो अडान राखेको हो ।
युक्रेनको भूभाग छोड्न पर्ने गरी युद्धविराम गर्ने प्रयास भए त्यसले अझ ठूलो र रक्तपातपूर्ण रुसी हस्तक्षेप बढ्ने युक्रेनी राष्ट्रपतिका एक सल्लाहकारले बताएका छन् ।
युक्रेनी सेनाको प्रतिरोधकाबीच रुसले पूर्वी युक्रेनस्थित सेभरोडोनेस्कलाई घेराउ गर्ने प्रयास गरिरहँदा युक्रेनको भनाइ आएको हो ।
यसैबीच, पोल्याण्डका राष्ट्रपति आन्द्रे डुडाले युक्रेनको संसदलाई सम्बोधन गरेका छन् । किभको संसदमा उभिएर सम्बोधन गर्ने उनी पहिलो विदेशी नेता बनेका छन् ।
उनले युक्रेनी जनता स्वयंले मात्र आफ्नो भविष्य निर्धारण गर्नसक्ने बताउँदा युक्रेनी सांसदहरुले उठेर समर्थन जनाएका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:५९
प्रतिक्रिया दिनुहोस्