पेट्रोलियममा मूल्यवृद्धिको विरोधमा प्रदर्शन (तस्वीरहरू)
काठमाडौँ । सरकारले पेट्रोलियममा मूल्यवृद्धि गरेको विरोधमा काठमाडौँमा विरोध प्रदर्शन भएको छ । मोहन वैद्य निकट नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठनले त्रिपुरेश्वरबाट आयल निगमको कार्यालय टेकुसम्म र्यालीसहित धर्ना तथा बिरोध कार्यक्रम आयोजना गरेको हो ।
विराेध कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमल्सिना, अखिल क्रान्तिकारीका उपाध्यक्ष सिलु न्यौपाने, अखिल नेपाल महिला संगठनका काठमाडौँ जिल्ला इन्चार्ज शारदा महतलगायत सहभागी थिए । विराेधका सहभागीले मूल्यवृद्धि फिर्ता लिन सरकारलाई आग्रह गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:३७
प्रतिक्रिया दिनुहोस्