अष्ट्रियाका राष्ट्रपतिद्धारा दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा
भियना - अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान डेर बेलेनले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन्। युरोपसँगै अष्ट्रियाले अस्थिरता र विविध जटिलता भोगिरहेकाले त्यससँग जुध्नका लागि आफूले उम्मेदवारी दिन लागेको उनको भनाई छ ।
कोरोनाभाइरसको महामारी, त्यसले अर्थतन्त्रमा पारेको प्रभाव, रुस-युक्रेन युद्ध, जलवायु परिवर्तनलगायतका विषयलाई आफूले मुख्य चुनौतीका रुपमा हेरेको ७८ बर्षीय बेलेनले उल्लेख गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “मेरो अनुभवलाई अझ एक कार्यकाल देशका लागि प्रयोग गर्न चाहन्छु, त्यसका लागि म अहिले रहेको पदमा दोहोरिन चाहन्छु ।”
अष्ट्रियामा यही बर्षको अन्त्य तिर राष्ट्रपतीय निर्वाचन हुने तय भएपनि मिति भने यकिन भइसकेको छैन । त्यसैगरी उनीसँग अर्को प्रतिश्पर्धी को हुन्छ भन्ने पनि स्पष्ट भइनसकेको समाचारमा जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:५९
प्रतिक्रिया दिनुहोस्