Nic Ad Nic Ad
Nic Ad Nic Ad

नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कावासोती नगरपालिका वडा नं. ८ कावासोतीबजार, इन्द्रचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको शुभारम्भ गरे । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत,श्री दिपेश प्रधानलगायत बैंकका कर्मचारी, कावासोती च्याम्बरका अध्यक्षश्री डाँसुराजपोखरेल ज्यू तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । २०७८ चैत्रमसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन रकर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाखखुदमुनाफाआर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखा रहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १३७ पुगेको छ । यस्तै, बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्