Nic Ad Nic Ad
Nic Ad Nic Ad

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसमा लगाइएको करमा पुनर्विचार गर्न राप्रपाको आग्रह

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको छ । सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले एक विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसमा भइरहेको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक रहेको भन्दै उनले मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका छन् । उनले यो मूल्य तत्काल फिर्ता गर्न पनि सरकारसँग माग गरेका छन् । उनले विभिन्न शीर्षकमा लिइरहेको करको पुनर्विचार गरी मूल्य नियन्त्रण गर्न र विद्युत उत्पादन, खपत र वैकल्पिक ऊर्जाको आवश्यक कार्ययोजना ल्याउन पनि माग गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्