नबिल बैंककाे नयाँ सिईओमा ढुङ्गाना
काठमाडौँ- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त हुने निश्चित भएको छ। जेठ ७ गते सम्पन्न भएको नबिल बैंकको विशेष साधारण सभाले ढुंगानालाई बैंकको नयाँ सीईओ नियुक्त गर्ने प्रस्ताव पारित गरेको हो ।
ढुंगानाले आउने असार १७ बाट नबिलको सिईओको रूपमा पदबहाली गर्ने छन । अहिलेका सिईओ अनिलकेसरी शाहको पदावधी त्यसअघि नै सकिने छ ।
ढुङ्गाना यसअघि लामो समय एनबी बैंककाे सिईओ थिए । नबिल र एनबीको मर्जरमा उनले उल्लेखीय भूमिका निर्वाह गरेका थिए । मर्जरको लगभग सबै काम सकिएपछी उनले केही समय अघि एनबीबाट राजिनामा दिएका थिए ।
राष्ट्र बैंकले एउटा बैंककाे सिईओबाट अर्को बैंककाे सिईओ बन्न कम्तिमा ६ महिनाको कुलिङ पिरियड राखेको छ । ढुङ्गाना यसअघि बैंकर्स संककाे अध्यक्ष पनि भैसकेका छन ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:००
प्रतिक्रिया दिनुहोस्