Nic Ad Nic Ad
Nic Ad Nic Ad

भरतपुरमा ४ वडाको मत गणना गर्न बाँकी, माओवादीकी रेनु जित पक्का

बिहीबार, मंसिर ८, २०७९
चितवन - भरतपुर महानगरपालिकामा अब चार वटा वडाको मत गणना गर्न बाँकी रहेको छ । महानगरका २९ वटा वडामध्ये २५ नम्बर वडासम्मको मत परिणाम आइसकेको छ भने २६ र २७ को गणना भइरहेको छ । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म एक लाख १६ हजार ३६६ मत गणना सकिएको छ । गणना सकिएका वडाहरुमा महानगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् । महानगर प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले नेकपा (एमाले)का विजय सुवेदीसँग ११ हजार ३८९ मत अन्तरले अग्रता कायम राखेकी छिन् । दाहालले ४६ हजार ९३५ मत ल्याउँदा सुवेदीले ३५ हजार ५४६ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २४१ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४७ हजार ८५८ मत प्राप्त गर्दा राप्रपाकी हमिला गुरुङले २७ हजार ८९९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । मङ्गलबार बिहानसम्ममा मतगणना सम्पन्न गर्ने गरी गणना भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:५९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार