Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकासहित विश्वका २० देश युक्रेनलाई हाईटेक हतियार दिन सहमत

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– विश्वका २० देशले युक्रेनलाई अत्याधुनिक (हाईटेक) हतियार दिने भएका छन् । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनी सेनाको सहयोगका लागि विश्वका २० देशले अतिरिक्त हतियार दिन लागेको बताएका हुन् । समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार विश्वभरका करिब ५० देशका नेता सहभागी एक भर्चुअल बैठकमा युक्रेनलाई हरपुन लन्चर मिसाइलसहित थुप्रै अत्याधुनिक हतियार दिने सहमति जुटेको हो । बैठकमा अमेरिकी रक्षा मन्त्रीले डेनमार्कप्रति आभार प्रकट गरे । डेनमार्कले युक्रेनलाई हरपुन एन्टी शिप मिसाइल दिने प्रतिबद्धता जनाएको छ । यसले युक्रेनको आक्रमण गर्ने क्षमतालाई कयौँ गुणा बढाउने अपेक्षा गरिएको छ । उक्त बैठकमा अमेरिकाका एक वरिष्ठ सैन्य अधिकारीले युक्रेनमा हतियारसम्बन्धी तालिम प्रदान गर्न प्रशिक्षकसमेत पठाउने विषयमा बताए । यद्यपि, युद्धका लागि अमेरिकाले सेना भने नपठाउने उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:०१
प्रतिक्रिया दिनुहोस्