Nic Ad Nic Ad
Nic Ad Nic Ad

जापानको टोकियोमा क्वाडको बैठक सुरु

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– अमेरिका, जपान, अष्ट्रेलिया र भारतको गठबन्धन क्वाडको बैठक टोकियोमा सुरु भएको छ। भौतिक उपस्थितिमा भएको यो क्वाडको दोस्रो बैठक हो। यसअघि दुईपटक यो बैठक भर्चुअलरुपमा सम्पन्न भएको थियो। यो बैठकमा उनीहरुको बीचमा इन्डो–प्यासिफिक क्षेत्र र विश्वव्यापी मुद्दाबारे चर्चा हुने अपेक्षा छ। विशेषगरी पछिल्लो समय बढिरहेको चीनको प्रभावको विषयमा पनि यो बैठकमा छलफल हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्। बैठकमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापान पुगेका हुन्। बैठकमा जापानका प्रधानमन्त्री फुमिओ किशिडा पनि सहभागी भएका छन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:०१
प्रतिक्रिया दिनुहोस्