तीन दिनदेखि सुनको मूल्य स्थिर
काठमाडौँ– सुनको भाउ आज (मंगलबार) पनि स्थिर रहेको छ । आज पनि सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार गत शुक्रबार तोलामा ७ सय रुपैयाँले बढेपछि त्यसयता तीन दिन सुनको मूल्य स्थिर रहेको छ ।
यस्तै, तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य १२ सय ७० रुपैयाँमा स्थिर छ ।
चाँदीको मूल्य पनि गत बिहीबार यता बढेकै छैन ।
सुनको मूल्य स्थिर रहनुका कारण अन्तराष्ट्रिय बजार नै प्रमुख कारण भएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:०२
प्रतिक्रिया दिनुहोस्