Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले गरिब घर-परिवारलाई राज्य सुविधा परिचयपत्र दिने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - सरकारले पहिचान भएका गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र वितरण गर्ने भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको २०७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गरिब तथा विपन्न घर-परिवारलाई लक्षित सेवा सुविधा प्रदान गर्न सोही परिचयपत्रको आधारमा वितरण गरिने बताइन् । साथै, उनले हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जंन कार्यक्रमलाई मानव विकास सूचांकमा पछाडि परेका जिल्लामा विस्तार गरिने जानकारी दिइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्