दशरथ रंगशालामा शनिबार हुने भनिएको सलमान खानको कार्यक्रम स्थगित
काठमाडौँ — दशरथ रंगशालामा शनिबार हुने भनिएको सलमान खान सहितको सांगीतिक कार्यक्रम स्थगित भएको छ ।
उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ ।
आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ ।
स्रोतले शनिबार कार्यक्रम नहुने भएकाे बताएका छन् ।
ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतको टिम नेपाल आउने प्रचार गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०५:२८
प्रतिक्रिया दिनुहोस्