Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिद्धबाबा सुरुङमार्गको निर्माण शुरु गरिने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - सरकारले सिद्धबाबा सुरुङमार्गको निर्माण शुरु गर्ने भएको छ । मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा गरेकी हुन् । उनले सिद्धबाबा सुरुङमार्गको निर्माण पनि नयाँ आर्थिक वर्षमै सुरु गरिने बताइन् । यस्तै उनले त्रिभुवन राजमार्गको ठाउँठाउँमा सुरुङमार्ग र फ्लाई ओभर निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताइन् । यस्तै उनले सरकारले आर्थिक वर्षमा मदन भण्डारी राजमार्गको बाँकी खण्डको निर्माण सम्पन्‍न गर्ने लक्ष्य लिएको बताइन् । तीन सय सडक पुलको निर्माणसँगै महाकाली नदीमा निर्माणाधीन दोधारा–चाँदनी जोड्ने पुलको निर्माण सम्पन्न गरिने पनि उनले बताइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्