गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने
काठमाडौं - सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा गरेकी हुन् ।
उनले कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आबद्ध ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले आर्थिक अभाव भन्दै निर्माण अलपत्र पारेको रंगशालाको निर्माण कार्य टुङ्गोमा पुर्याउने नीति लिएको बताइन् । रंगशाला निर्माण सम्पन्न गर्न चितवनको भरतपुर महानगरपालिकाले पनि सहयोग गर्ने बताएको थियो ।
सरकारले प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्दै जाने नीति लिएको छ । यसै अनुसार सरकारले रंगशालाको बाँकी काम पूरा गर्ने बताएको हो । यस्तै सरकारले गैंडाकोटमा विपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम निर्माण गर्ने भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:४३
प्रतिक्रिया दिनुहोस्