बाइडेनको एसिया भ्रमणलगत्तै उत्तर कोरियाद्वारा तीन वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
काठमाडौँ – उत्तर कोरियाले तीनवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
बुधबार बिहान उत्तर कोरियाले प्योङ्याङको सुनान क्षेत्रबाट एक घण्टाभन्दा कम अवधिमा ती क्षेत्रप्यास्त्रहरु प्रहार गरेको सोलस्थित अधिकारीहरुले बताएका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त क्षेत्रको भ्रमण गरेको भोलिपल्टै उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो ।
उक्त भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले उत्तर कोरियामाथि अंकुश लगाउने थप उपाय अवलम्बन गर्ने प्रतिबद्धता जनाएका थिए ।
उत्तर कोरियाले यो वर्षको सुरुवातदेखि नै ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिँदै आएको छ ।
जापानले बुधबार बिहान दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरको पुष्टि भएको छ । यद्यपि, उसले थप क्षेप्यास्त्र प्रहार गरिएको हुन सक्ने बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:२०
प्रतिक्रिया दिनुहोस्