उत्तरकोरियाद्वारा तीन वटा क्षेप्यास्त्र प्रहार
सोल - प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले पूर्वतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । उसले आफ्नो पूर्वी जलक्षेत्रमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले बताएका छन् ।
जेसीएसले स्थानीय समय अनुसार क्रमशः बिहान ६, ६:३७ र ६:४२ बजे प्योङयाङको सुनान क्षेत्रबाट प्रक्षेपण पत्ता लगाएको हो । योसँगै यो वर्ष उत्तरकोरियाले १७ औँ पटक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।
दक्षिणकोरियाका राष्ट्रपति युन सुक–योलले उत्तरकोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) को बैठक गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:२१
प्रतिक्रिया दिनुहोस्