Nic Ad Nic Ad
Nic Ad Nic Ad

नबिल बैंक र चिकित्सक संघबिच विभिन्न बैङ्किङ सेवाका लागि सम्झौता 

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैङ्किङ सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्झौता गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैङ्किङ सेवाहरूमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले देशै भरिका नबिल बैंकका शाखा सञ्जालबाट विशेष छुटको लाभ उठाउन सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत  बिन्दु प्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले नबिल बैंकका प्रमुख कार्यकरी अधिकृत अनिल केशरी शाहको उपस्थितिमा हस्ताक्षर गरे नेपाल चिकित्सक संघले आफ्नो स्थापनाकाल देखिनै नेपालमा स्वास्थ्य क्षेत्रको विकास र गुणस्तर प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरि चिकित्सकहरूको पेशागत अधिकार सुनिश्चित गर्न निरन्तर अग्रसर रहेको छ ।   सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैंकले नेपाली बैङ्किङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा कमगर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टि एवं आधुनिक बैङ्किङ युगको सुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्