मिलन चाम्सको नयाँ चलचित्र वर एण्ड बधुमा आँचल शर्मा
काठमाडौँ– नेपाली चलचित्र ‘वर एण्ड बधु’ निर्माणको औपचारिक घोषणा भएको छ ।
निर्देशक मिलन चाम्सले बुधबार पत्रकार सम्मेलनमा चलचित्रबारे जानकारी दिएका हुन् ।
चलचित्रमा अभिनेत्री आँचल शर्मा र डेब्यु अभिनेता विवेक कर्माचार्यको मुख्य भूमिका रहने छ ।
निर्देशक चाम्सले यो फिल्मलाई रोमानिया, इटाली र फ्रान्समा पनि छायांकन गर्दैछन् । जेठ अन्त्यदेखि छायांकन सुरु गर्ने तयारी रहेको निर्देशक चाम्सले बताए ।
चलचित्रमा विजय लामा ,रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहने छ । चाम्सले यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने बताएका छन् ।
एल आर के इन्टरटेनमेन्ट द्वारा प्रस्तुत चलचित्र मा अर्जुन पोखरेल र युग भुसालको संगीत र रविन्द्र सुवेदीको छायांकन भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:०६
प्रतिक्रिया दिनुहोस्