Nic Ad Nic Ad
Nic Ad Nic Ad

२१ विद्यार्थीको ज्यान लिने बन्दुकधारीले गोली प्रहार गर्नुअघि फेसबुकमा लेखेका थिए

शुक्रबार, मंसिर ९, २०७९
टेक्सास– अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी हमला गरेका बन्दुकधारीले आक्रमणअघि सामाजिक सञ्जालमा त्यसबारे केही लेखेको खुलासा भएको छ । उनले आक्रमण गर्ने विषयमा फेसबुकमा लेखेको खुलासा भएको हो । फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार १८ वर्षीय ती सन्दिग्धले लेखेका विषय सीमित व्यक्तिले हेर्न सक्नेगरी पोस्ट गरिएको थियो । टेक्सस राज्यका गभर्नर ग्रेग याबटका अनुसार १९ जना विद्यार्थी र दुईजना शिक्षकलाई अन्धाधुन्ध गोली हान्नुअघि उनले फेसबुकमा तीन वटा चेतावनी पोस्ट गरेका थिए। सुरुमा आफ्नी हजुरआमालाई गोली प्रहार गरेर विद्यालयमा आक्रमण गर्ने उनले चेतावनी दिएका थिए । उनी आक्रमणका लागि विद्यालय पुग्नु १५ मिनेटअघि मात्रै त्यस्तो सन्देश पोस्ट गरेका थिए । एजेन्सी
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:४३
प्रतिक्रिया दिनुहोस्