Nic Ad Nic Ad
Nic Ad Nic Ad

अफगान विष्फोटमा १६ को मृत्यु

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - अफगानिस्तानमा मिनीबस र एउटा मस्जिदमा भएका चार वटा बम विष्फोटमा परी मृत्यु हुनेको संख्या कम्तीमा १६ पुगेको छ । यसमध्ये केही आक्रमणहरू इस्लामिक समूहले जिम्मा लिएका छन् । अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

तालिबानले गत अगस्टमा सत्ता कब्जा गरेपछि देशभर बम विष्फोटको संख्या घटेको थियो । तर गत महिना रमजानको समयमा भएका घातक हमलाहरूले देशलाई नै हल्लाएको छ ।उत्तरी सहर मजार-ए-शरिफमा छुट्टाछुट्टै मिनीबसहरु राखेको तीनवटा बम विष्फोटमा परी १० व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

यस सहरका विभिन्न जिल्लाहरु तीन वटा मिनिबसमा बम रहेका बाल्खा प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले एएफपीलाई बताएका छन् । बाल्ख स्वास्थ्य विभागका प्रमुख नजिबुल्लाह तवानाले विस्फोटमा मारिएका १० जनामा तीन जना महिला रहेका जानकारी दिनु भएको छ । यस विष्फोटमा परी अन्य १५ जना घाइते भएका जनाइएको छ ।

विष्फोटको केही घण्टापछि इस्लामिक स्टेट्स समूह (आईएस) ले सामाजिक सञ्जालमा मिनीबस हमलाको जिम्मेवारी लिएको छ । साथै राजधानी काबुलको एक मस्जिदभित्र बुधबार अबेर राति अर्को बम विष्फोट भएको छ । बिहीबार बिहानै काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले उक्त विस्फोटमा ६ जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएको ट्वीट गरेका छन् ।

बुधवारको बम विष्फोटले कुन विशेष समुदायलाई लक्षित गरेको हो कि भनेर अझै स्पष्ट हुन सकेको छैन । अफगानिस्तानमा अप्रिल ३० मा समाप्त भएको रमजानको पवित्र महिनामा मुख्यतया साम्प्रदायिक आक्रमणहरूमा काबुल र अन्य सहरहरूमा दर्जनौं सर्वसाधारणको मृत्यु भएको थियो । जसको केही आइएस समूहले दाबी गरेको थियो ।

अप्रिल २९ मा काबुलको सुन्नी मस्जिदमा धार्मिक अनुष्ठान गरिरहेका अल्पसंख्यक सुफी समुदायका सदस्यहरूलाई लक्षितगरी भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो । गत अप्रिल २१ मा मजार-ए-शरिफस्थित एउटा शिया मस्जिदमा भएको बमले कम्तीमा १२ जना उपासकहरूको ज्यान गएको थियो अन्य धेरै घाइते भएका समाचारमा जनाएका छन् । रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:४३
प्रतिक्रिया दिनुहोस्