सरकारले आयल निगम निजिकरण गर्न खोजेको ओलीको आरोप
काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आर्थिक चलखेल गरेर आयल निगमलाई निजीकरण गर्न खोजिएको आरोप लगाएका छन् ।
सरकारले संसद्मा पेश गरेको नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्दै सरकारले सार्वजनिक संस्थानलाई मर्ज गर्ने र नभए निजिकरण गर्ने नीति ल्याउनुको मुख्य आशय आयल निगमलाई निजीकरण गर्नु नै रहेको दाबी गरेका हुन् । ‘यसका लागि केही अर्ब रुपैयाँको कारोबार भइसकेको र केही हुँदै गरेको भन्ने कुरा सुन्नमा आएको छ, यो गलत होस्’ उनले भने ।
आफु पहिलोपटक प्रधानमन्त्री भएका बेला आयल निगम निजीकरण गराउन निकै चलखेल भएको र आफूले थाहा पाएपछि त्यसलाई रोकेको भन्दै ओलीले अहिले पनि त्यो समुह सक्रिय रहेकाले सरकार उनीहरूको चङ्गुलमा परेको हुनसक्ने शंका गरे ।
भारतबाट पेट्रोलियम पाइपलाइन मार्फत पेट्रोलियम ल्याउने सजिलो भएको र अब निगम निजीकरण गर्नुपर्ने अवस्था नभएको ओलीको भनाई छ
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:४८
प्रतिक्रिया दिनुहोस्