Nic Ad Nic Ad
Nic Ad Nic Ad

नक्कली मदिरा सेवनबाट भारतमा १३ जनाको मृत्यु

शुक्रबार, मंसिर ९, २०७९

नयाँदिल्ली - भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ । उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको छ ।

बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि सुक्खा राज्य को रूपमा चर्चा गरिने गरिएको छ । तर छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको छ ।

मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको एक्किन संख्या भने बताउन अस्वीकार गरेका छन् । धेरै जसो पीडितहरूले बान्ता हुने, पेट दुख्ने र कम दृष्टिको अनुभव गरेको बताइएको छ ।

छिमेकी राज्य झारखण्डबाट ल्याइएको मदिरा मदनपुर, सलैया र गया जिल्लाको आमस क्षेत्रमा विक्री गरिएको जी न्युजले उल्लेख गरेको छ । यसैबीच भारतको राष्ट्रिय मानव अधिकार आयोगले बिहारमा भएको सो घटनाबारे सरकारलाई नोटिस पठाएको छ ।-रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:४४
प्रतिक्रिया दिनुहोस्