कतारमा अब प्लास्टिक झोला प्रयोग गर्न नपाइने
काठमाडौं - कतारमा प्लास्टिक झोला प्रयोग गर्न रोक लगाइएको छ । कतारले वातारणीय प्रदुषण कम गर्न प्लास्टिक झोला प्रयोगमा बन्देज लगाएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वातारणीय प्रदुषण कम गर्न प्लास्टिक झोला प्रयोगमा बन्देज लगाउने निर्णय गरेको हो । उक्त बैठकले कतारमा प्लास्टिकको झोला निषेध गर्ने नगरपालिका मन्त्रालयले तयार पारेको मस्यौदालाई पास गरेको हो ।
वातावरण संरक्षण र फोहोर पुनस् प्रयोगमा अधिकतम लगानी गर्ने रणनीतिक उद्देश्यअनुरुप सो मस्यौदा तयार गरिएको बताइएको छ । अब यहाँ धेरै पटकसम्म प्रयोग गर्न मिल्ने वैकल्पिक झोला प्रयोग गर्नुपर्ने भएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:४४
प्रतिक्रिया दिनुहोस्