Nic Ad Nic Ad
Nic Ad Nic Ad

गिताञ्जलीको 'रेत समाधि' बन्यो बुकर पुरस्कार जित्ने पहिलो हिन्दी उपन्यास

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– भारतीय लेखिका गिताञ्जली श्रीले अन्तर्राष्ट्रिय बुकर पुरस्कार प्राप्त गरेकी छन् । उनले लेखेको उपन्यास ‘रेत समाधि’ को अंग्रेजी अनुवाद ‘टम्ब अफ स्याण्ड’ ले सन् २०२२ को अन्तर्राष्ट्रिय बुकर पुरस्कार जितेको हो । गिताञ्जली अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने पहिलो भारतीय महिलासमेत बनेकी छन् । पुरस्कार स्वीकार गर्ने क्रममा उनले भनिन्, ‘मैले कहिले पनि बुकर पुरस्कार जित्ने कल्पना गरेकी थिइनँ । कहिले पनि सोचिन कि म यो गर्न सक्छु भनेर । यो एक प्रसिद्ध पुरस्कार हो । यसबाट सम्मानित हुन पाउँदा एकदमै खुशी लागेको छ ।’ याे उपन्यासलाई प्रसिद्ध अंग्रेजी अनुवादक डेजी रोकवेलले अनुवाद गरेका थिए । ५० हजार पाउण्डको पुरस्कार राशि रहेको उक्त साहित्यिक पुरस्कारको लागि पाँच पुस्तकबीच प्रतिस्पर्धा रहेको थियो । (यसअघि गिताञ्जली अन्तर्राष्ट्रिय पुरस्कार पाउने पहिलो भारतीय महिला लेखक भएको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ- स‍‍‌म्पादक)
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:२५
प्रतिक्रिया दिनुहोस्