Nic Ad Nic Ad
Nic Ad Nic Ad

पेट्रोलियमको कर घट्यो, मूल्य पनि घट्ने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौ– सरकारले पेट्रोलियममा लगाउँदै आएको कर घटाउने भएको छ। जेठ १० गतेको मन्त्री परिषद्को बैठकले कर घटाउने निर्णय गरेको तर कुन शीर्षकमा कति कर घटाउने भन्ने निर्णय हुन भने बाँकी रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिएका हुन् । संसदमा यसबारे जानकारी दिंदै मन्त्री बडूले यसबारे अहिले अर्थमन्त्रालयमा गृहकार्य भइरहेको बताए । सरकारले अहिले विभिन्न शिर्षकमा पेट्रोलियममा कर लगाउँदै आएको छ । कर कम गरे नेपालमा पेट्रोलियमको मूल्य घट्नेछ । भारत सरकारले पनि पछिल्लो समय पेट्रोलियमा लगाइरहेको कर घटाएपछि पेट्रोलियमको मूल्य घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा बढेको भाउँसँगै नेपालमा पनि पटक पटक पेट्रोलियमको भाउ बृद्धि भइरहेको छ । यस्तोमा सरकारले कर कम गरेर भाउ घटाउनुपर्ने बहश चल्दै आएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार