बढ्यो सुन र चाँदीको मुल्य, कतिमा भइरहेको छ कारोबार ?
नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार पुगेको छ। तेजावी सुनको भाउ पनि ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:११
प्रतिक्रिया दिनुहोस्