Nic Ad Nic Ad
Nic Ad Nic Ad

यातायात र पर्यटन बाहेक अन्य क्षेत्रहरु पुनरुत्थान भइसके : राष्ट्र बैंक

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं – नेपाल राष्ट्र बैंकले कोभिड–१९ को महामारीको प्रभाव मुलुकमा यातायात र पर्यटन बाहेकका अन्य क्षेत्रहरु पुनरुत्थान भइसकेको बताएको छ ।

हालैमात्र चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा गरेको बैंकले अनुमानित वास्तविक उत्पादन तुलना गर्दा कोभिड महामारीमा कमी आएपश्चात् यातायात तथा भण्डारण र पर्यटन क्षेत्रबाहेक अन्य क्षेत्रहरु पुनरुत्थान भइसकेको बताएको हो ।

केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन ५.८४ प्रतिशतले वृद्धि हुने अनुमान गरिसकेकाले कोभिड–१९ पछि प्रायः सबैजसो व्यवसायिक तथा उत्पादनका क्षेत्रहरु पुनरुत्थान भइसकेको राष्ट्र बैंकको भनाइ छ ।

यद्यपि, चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको सिस्सा ९०.७३ प्रतिशत रहेकोमा मुद्रास्फीति (बजार महँगी) बढेर ७.७ पुगेको बताएको छ । यस्तो मुद्रास्फीति चालु आर्थिक वर्षको अन्तसम्ममा ११.५ प्रतिशतसम्म पुग्न सक्ने बैंकले प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार