युक्रेनको रणनीतिक महत्वको लिमन शहर रुसको कब्जामा
किभ - युक्रेनको दोनबासस्थित रणनीतिक महत्वको लिमन शहर कब्जा गरिएको रुस समर्थित पृथकतावादीहरुले बताएका छन् । स्वघोषित दोनेस्क पिपुल्स रिपब्लिकले सो शहर सम्पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको बताएको हो ।
लिमनमा केही दिनयता भीषण लडाइँ भइरहेको थियो । यो सानो शहर रुसी नियन्त्रणमा गएपछि सेभेरोदोनेस्क र त्यस वरिपरि रहेका युक्रेनी सैनिक घेरिने सम्भावना बढेको छ । किनभने सो क्षेत्रका युक्रेनी सैनिकका लागि आपूर्ति मुख्य मार्ग यही हो । रुसी सेनाको कारबाही व्यवस्थापन र सामरिक सीपमा वृद्धि हुन थालेको युक्रेनी अधिकारीहरुले बताएका छन् । राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार अलेक्सेइ एरेसेभिचले भने, ‘पुष्टि नभइसकेको तथ्यांकअनुसार हामीले लिमन शहर गुमायौं । रुसी सेनाले यो शहर कब्जा गर्यो ।’ एजेन्सी
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:४३
प्रतिक्रिया दिनुहोस्