Nic Ad Nic Ad
Nic Ad Nic Ad

बुर्किनाफासोको एक गाउँमा हिंसात्मक हमला, ५० जनाको ज्यान गयो

शुक्रबार, मंसिर ९, २०७९
औगादगु - गत बुधबार बुर्किनाफासोको पूर्वी क्षेत्रमा एक हतियारधारीको आक्रमणमा परेर ५० जनाको ज्यान गएको छ । पूर्वी बुर्किनाफासोको मदजोरीमा सो हिंसात्मक हमला भएको थियो । त्यस गाउँमा अज्ञात बन्दुकधारीले हमला गरेर यतिधेरै नागरिकको ज्यान लिएका हुन् । यहाँको पूर्वी क्षेत्रीय गभर्नर हुबर्ट यामेयोगोले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार ठूलो संख्यामा आएका अज्ञात बन्दुकधारीहरुले बुधबार यो नरसंहार गरेका हुन् ।सोही क्षेत्रमा यही मे १४ र मे १९ मा भएका यस्तै हिंसात्मक हमलामा परेर २८ जनाको ज्यान गएको थियो । अरु कैयौँ घाइते पनि भएका थिए । बुर्किना फासोमा गएका केही वर्षयतादेखि सुरक्षाको अवस्था नाजुक बन्दै गएको छ । जसका कारण यहाँ दैनिक रुपमै नागरिकले ज्यान गुमाउनु परिरहेको छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:४३
प्रतिक्रिया दिनुहोस्