चौथो गुल्मी महोत्सवको आयव्यय सार्वजनिक: आम्दानीको ४० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्चिने
गुल्मी– गुल्मी वाणिज्य संघ गुल्मीले चौथो गुल्मी महोत्सवको आयव्यय सार्वजनिक गरेको छ । शुक्रवार उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गरि महोत्सवको आम्दानी खर्च सार्वजनिक गरेको हो ।
गत चैत्र २५ गते देखि वैशाख ०६ गते सम्म चौथो गुल्मी महोत्सव सञ्चालन गरिएको थियो । महोत्सवमा ३२ लाख ९२ हजार ६ सय १० रुपैयाँ टिकट बिक्रीबाट आम्दानी भएको गुल्मी उद्योग वाणिज्य संघ जनाएको छ । त्यस्तै बाल उद्यान १२ लाख ५० हजार रुपैयाँ ,स्टल बिक्री २८ लाख ५० हजार रुपैयाँ , प्रयोजकबाट ९ लाख गरि कुल ८२ लाख ९२ हजार ६ सय १० रुपैयाँ ८२ लाख ९२ हजार ६ सय १० रुपैयाँ आम्दानी भएको छ ।
मेला व्यवस्थापनमा १९ लाख ५ हजार ८ सय ४५ रुपैयाँ, मन्च व्यवस्थापनमा ३ लाख २५ हजार रुपैयाँ ,सचिवालय व्यवस्थापनमा १ लाख ३७ हजार ८ सय ६५ रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । त्यस्तै चौथो गुल्मी महोत्सवमा मायाको चिनो र फ्रेममा ३ लाख १७ हजार ५ सय रुपैयाँ ,विद्युत व्यवस्थापनमा ४५ हजार , सुरक्षा व्यवस्थापनमा ५ लाख ५० हजार रुपैयाँ , यातायात ट्राफिक तथा इन्धनमा १ लाख ७६ हजार रुपैयाँ , स्टल निर्माणमा ९ लाख ९५ हजार ७ सय ९६ रुपैयाँ खर्च भएको गरिएको छ । त्यस्तै विभिन्न शीर्षकमा गरेर कुल ६१ लाख ६४ हजार ९ सय १९ रुपैयाँ खर्च भएको गुल्मी उद्योग वाणिज्य सघ गुल्मीका उपाध्यक्ष राम प्रसाद पन्थीले जानकारी दिए ।
महोत्सवमा खर्च कटाएर २१ लाख २७ हजार ६ सय ९१ रुपैयाँ वाणिज्य सघमा मौज्दात रहेको उपाध्यक्ष पन्थीले बताए । महोत्सवमा सञ्चालनको निम्ति लुम्बिनी प्रदेश ३ लाख ५० हजार रुपैयाँ , गुल्मीका स्थानीय तहबाट ३ लाख रुपैयाँ गरि कुल ६ लाख ५० हजार रुपैयाँ उठ्न बाँकी रहेको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवमा खर्च कटाएर आम्दानी भएको रकमको ४० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गरिने गुल्मी उद्योग वाणिज्य संघ अध्यक्ष ईश्वरी पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले चौथो गुल्मी महोत्सव सञ्चालन गर्न विभिन्न तह र तप्कामा रहेर सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । चौथो गुल्मी महोत्सवको ६० हजार दर्शकले अवलोकन गरेका थिए ।
१२ दिनसम्म तम्घासको चिदीचौर खेलमैदानमा चलेको महोत्सवमा करिब ६ करोड बढीको आर्थिक कारोबार भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले जनाएको छ । वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको थियो । तर कोरोना महामारीले गर्दा तोकिएको समयमा गर्न सकेको थिएनन् । महोत्सवबाट आम्दानी भएको रकममध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत वाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:१२
प्रतिक्रिया दिनुहोस्