पेट्रोलियम पदार्थको मूल्य समायोजनको लागि सरकारले गठन गर्यो कार्यदल
काठमाडौं - रुसले युक्रेनमाथि आक्रमण जारी राखेको बेला विश्वभरि आपूर्ति चक्र बिथोलिएको छ । यसको असर नेपाली बजारमा पनि देखिएको छ । पछिल्लो समय पेट्रोलियम पदार्थसहित दैनिक प्रयोग हुने बस्तुको मूल्य पनि बढिरहेको छ ।
केही दिनअभि पेट्रोलको मूल्य लिटरमै १० रुपैया र खाना पकाउने ग्यसको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाले बढेको थियो । पेट्रोलियम पदार्थको मूल्य बढेलगत्तै विरोध पनि भइरहेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजनको लागि कार्यदल गठन गरेको छ ।
मूल्य समायोजनको लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको नेतृत्वमा कार्यदल गठन गरिएको हो । गठन गरिएको यस कार्यदलले अर्थतन्त्रको समग्र क्षेत्रमा पारेको प्रभाव तथा नेपाल आयल निगमको कार्य सञ्चालन वित्तीय व्यवस्थापन लगायतका बिषयमा अध्ययन गर्नेछ । पेट्रोलियम पदार्थको मूल्य बढेपछि सर्वसाधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै सरकारले मूल्य घटाउने निर्णय पनि गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:११
प्रतिक्रिया दिनुहोस्