भारतले गहुँ निर्यात रोकेपछि यूएई संकटमा
काठमाडौँ– भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि यूएई ठूलो संकटमा परेको छ । भारतमा यसपालि गहुँ उत्पादन कम भएकाले मूल्यवृद्धि समेत भएको छ ।
भारतले निर्यात रोकेपछि प्रमुख खरिदकर्ता यूएईमा पिठोको मूल्य बढेको छ । संसारका प्रमुख गहुँ उत्पादक देश रुस र युक्रेनमा युद्ध चलिरहेकाले गहुँको मूल्य १०–१५ प्रतिशत बढेको छ ।
भारत सरकारले खाद्यान्न निर्यातमा एकपछि अर्को प्रतिबन्ध लगाउँदै आएको छ । सम्भावित खाद्य संकटलाई आकलन गर्दै भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ ।
भारत सरकारले हालसम्म खानेतेल, गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले स्वदेशमै गहुँ संकट हुनसक्ने आकलन गर्दै निर्यातमा प्रतिबन्ध लगाएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:०२
प्रतिक्रिया दिनुहोस्