त्रिदेशीय सिरिज खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ
काठमाडौँ– अमेरिकामा हुने विश्वकप लिग टु एकदिवसीय क्रिकेट अन्तर्गतको त्रिदेशीय सिरिज खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमकाबीच अमेरिकाको टेक्ससमा हुने प्रतियोगिता खेल्न जाने नेपाली टिमलाई बिदाइ गरेको हो ।
टिम आजै अमेरिका प्रस्थान गर्नेछ। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले टिमलाई सफलताको शुभकामना सहित बिदाइ गरे ।
सिरिजमा नेपाल, अमेरिका र ओमान खेल्नेछन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिममा आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख,विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदील अन्सारी, करण केसी, सोमपाल कामी, बिक्रम सोब, किशोर महतो र सागर ढकाल छन् । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानसँग जुन ९ मा खेल्नेछ ।
यस्तै, दोस्रो खेल जुन ११ मा अमेरिकासँग, तेस्रो खेल फेरि ओमानसँग र सिरजकोे अन्तिम खेल अमेरिकासँग जुन १५ मा खेल्नेछ । अहिलेसम्म १२ खेल खेलेको नेपाल लिग टु को अंक तालिकामा छैटौं स्थानमा छ । नेपालले सिरिज अघि जुन २ र जुन ४ मा दुई अभ्यास खेल खेल्ने क्यानले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:०६
प्रतिक्रिया दिनुहोस्