Nic Ad Nic Ad
Nic Ad Nic Ad

लिभपुरलाई स्तब्ध पार्दै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– स्पेनिस क्लब रियल मड्रिडले कीर्तिमानी १४ औं पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । फ्रान्सको पेरिसमा शनिबार राति भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो । स्टेट डे फ्रान्स स्टेडियममा रियललाई जित दिलाउन भिनिसियस जुनियरले निर्णायक गोल गरे । खेलको ५९ औं मिनेटमा भाल्भर्डेको पासमा जुनियरले गोल गरे । त्यसबाहेक खेलको ४४ औं मिनेटमा करिम बेन्जिमाले गरेको गोलले मान्यता पाएन । उनको गोल अफसाइड रह्यो । यस्तै लिभरपुलले थुप्रै गोलको अवसर खेर फाल्यो । लिभरपुलका मोहमद सलाह, साडियो माने लगायतका आक्रमण रियलका गोलकिपर थिबाउट कोर्टुवाले उत्कृष्ट बचाऊ गरे । रियलले पछिल्लो पटक २०१८ मा च्याम्पियन्स लिग जितेको थियो । लिभरपुलको भने सातौं पटक उपाधि जित्ने लक्ष्य अपुरो भएको छ । यस्तै रियलका प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यस अघि उनले रियलका लागि एक र एसी मिलानका लागि दुई पल्ट च्याम्पियन्स लिग जितेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:०६
प्रतिक्रिया दिनुहोस्