Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनका राष्ट्रपति जेलिन्स्किी र प्रधानमन्त्री जोन्सनबीचको फोनवार्तामा के भयो कुराकानी ?

शुक्रबार, मंसिर ९, २०७९
किभ - युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनमा कुराकानी भएको छ । शनिबार उनीहरुले खासगरी युक्रेनको पछिल्लो अवस्था र यहाँका लागि आवश्यक रहेको प्रतिरक्षा सहयोगका बारेमा कुराकानी भएको बताइएको छ । सो कुराको जानकारी युक्रेनका राष्ट्रपति जेलिन्स्किले दिएका छन् । युक्रेनका राष्ट्रपति जोलिन्स्किीले सामाजिक सञ्जालमा लेख्नुभएको छ– हामीले युक्रेनका लागि आवश्यक प्रतिरक्षा सहयोगका बारेमा कुराकानी गर्यौँ र यो सहयोगलाई थप प्रवद्र्धन गर्ने बारेमा समझ्दारी भएको छ ।त्यस अवसरमा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले संकटका बेलामा युक्रेनका लागि आवश्यक इन्धन आपूर्तिका विषयमा पनि कुराकानी भएको थियो । यसअघि यसै महिनाको सुरुआतमा बेलायती प्रधानमन्त्री जोन्सनले युक्रेनका लागि १ अर्ब ६४ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:०३
प्रतिक्रिया दिनुहोस्