अब बल्ल विदेश जान पाउने भइन् ज्याकलिन, अदालतले दियो अनुमति
काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डिज विदेश जान नपाउँदा निकै समस्यामा परेकी थिइन् । तर अब भने उनी विदेश जाने बाटो खुलेको छ । भारतिय मिडियाका अनुसार उनलाई अदालतले ३१ मेदेखि ६ जुनसम्म विदेश यात्रा गर्न अनुमति दिएको छ ।
उनी बलिउडका ‘महाठग’ सुकेश चन्द्रशेखरसँग आफ्नो सम्बन्धका कारण प्रवर्तन निर्देशनालयको अनुसन्धान परेकी थिइन् । यसै कारण उनलाई विदेश जानबाट रोकिएको थियो । अदालतले विदेश जान अनुमति दिएलगत्तै उनी अब आबुधाबीमा हुने अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी पुरस्कारमा सहभागिताका लागि जानेछिन् ।
उनले केही समयअघि पटियाला हाउस कोर्टमा युएई, फ्रान्स र नेपाल जान पनि अनुमति मागेकी थिइन् । तर अदालतले उनको अनुमतिलाई अस्वीकार गरिदिएको थियो ।
इडीले चन्द्रशेखरका सहयोगी पिंकी इरानीमाथि एक पुरक आरोप पत्र दर्ता गराएको थियो ।जसमा इरानीले ज्याकलिनका लागि महंगो उपहार छनोेट गर्ने उल्लेख गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:३२
प्रतिक्रिया दिनुहोस्