Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थतन्त्र लयमा आउन थालेको छ : अर्थमन्त्री शर्मा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - सरकारले अर्थतन्त्र लयमा आउन थालेको बताएको छ । संघीय संसदको दुवै सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोभिडका कारण ध्वस्त भएको अर्थतन्त्र लयमा आउन थालेको बताएका हुन् । कोरोना संक्रमण, रुस र युक्रेनको युद्ध तथा आयातमा आधारित अर्थतन्त्रका कारण केही चापमा रहेको भने उनले स्वीकारेका छन् । चालु आर्थिक वर्षमा ११ खर्ब ५२ अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान छ । वस्तु निर्यातमा उल्लेख्य सुधार भए पनि आयत उच्च रहेकाले चालु खाता घाटामा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार