समावेशी उन्मुख बजेट निर्माण गरेको छु : अर्थमन्त्री
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले बञ्चितीकरण हटाएर समावेशीतातर्फ उन्मुख बजेट निर्माण गरेको बताएका छन् ।
संसदमा सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले समावेशीकरणको प्रवाहमा छुटेकाहरूलाई पनि मुलधारमा समेट्ने गरी बजेट निर्माण गरेको बताएका छन् ।
उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा सांसदहरूले दिएका सुझावलाई मार्गदर्शनका रूपमा प्रयोग गरेको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:४२
प्रतिक्रिया दिनुहोस्