Nic Ad Nic Ad
Nic Ad Nic Ad

आयात २० प्रतिशतले घटाउने सरकारको घोषणा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षमा नेपालको आयात २० प्रतिशतले घटाउने घोषणा गरेको छ । नयाँ आर्थिक बर्षको बजेट संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा आयात घटाउँदै व्यापारघाटा घटाउने रणनीति लिइएको जानकारी दिएका हुन् । यसका लागि आगामी आर्थिक बर्षमा आयात २० प्रतिशतले कम गर्ने लक्ष्य लिइएको उनले बताएका छन् । आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने र समग्र आयात २० प्रतिशतले घटाउने तथा आगामी ५ वर्ष भित्रमा नेपालको वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउने र त्यसका लागि निर्यात प्रोत्साहन गर्न सरकार लागि पर्ने अर्थमन्त्री शर्माले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार