कृषि क्षेत्रमा लगानी गर्न लघुवित्त कोष स्थापना गरिने
काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। उनले लघुवित्तमार्फत कृषि क्षेत्रमा लगानी गर्न ५ खर्बको कोष स्थापना गरिने बताए।
यो कोषमा बैंक तथा वित्तीय संस्थाका साथै नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषले लगानी गर्नु पर्ने छ।
यो कोषमा बैंक तथा वित्तीय संस्थाले विपन्न क्षेत्रमा जाने ५ प्रतिशत र कृषि क्षेत्रमा जाने १० प्रतिशत रकम जम्मा गर्नुपर्ने छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:४१
प्रतिक्रिया दिनुहोस्